वीरगञ्ज । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकार महासंघले अघि सारेका माग सम्बोधन गर्न दबाब दिँदै पर्साका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालयमा धर्नासहित प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा बुधबार भएको प्रदर्शनमा पत्रकारहरूले ‘सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर प्रदर्शन गर्दै सरकारको व्यवहारप्रति विरोध जनाएका थिए।

महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत आयोजित प्रदर्शनमा पत्रकारहरूले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा र सञ्चारकर्मीहरूको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले केन्द्रले अघि सारेका माग सम्बोधन गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकारलाई जिम्मेवार बनाउन प्रदर्शन गरिएको बताए।

त्यस्तै, महासंघका सदस्य राहुल गुप्ताले पत्रकारिता क्षेत्रको स्वतन्त्रता र सञ्चारकर्मीको अधिकारका पक्षमा आन्दोलनलाई थप सशक्त बनाउन पर्साका पत्रकारहरू एकजुट भएको बताए।

Leave a Reply