वीरगञ्ज,भोजपुरी प्रतिष्ठान वीरगञ्जको कार्यसमिति पुनर्गठन भएको छ । अनिता साहको अध्यक्षतामा सात सदस्यीय समिति पुनगर्ठन गरिएको हो ।समितिको सदस्यहरुमा आमोदप्रसाद गुप्ता, सलमा खातुन, सर्वजीत पासवान, अमित अग्रवाल, मुकेश महतो नुनिया र अजय चौरसिया रहेका छन् ।

त्यसैगरी सल्लाहकार सदस्यहरुमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, भाषा आयोगका सदस्य गोपाल अश्क, वरिष्ठ पत्रकार चन्द्रकिशोर, भोजपुरी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एव् बरिष्ठ साहित्यकार दिनेश गुप्ता, वरिष्ठ साहित्यकार प्रमोद पाण्डे रहेका छन् ।वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको बुधवारको कार्यक्रममा पुनर्गठित समितिका अध्यक्ष र सदस्यहरुलाई मनोनयन पत्र वितरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राजेशमान सिंहले भोजपुरी भाषा, संस्कृति र साहित्यलाई उजागर गर्ने तथा जनजन र मनमनमा पु¥याउन र विकास गर्दै एउटा छुट्टै पहिचान बनाउने उद्देश्यले भोजपुरी प्रतिष्ठानको ठूलो भूमिका हुनसक्ने बताउनुभयो ।
उहाँले पछिल्लो समयमा भोजपुरी भाषाप्रतिको वितृष्णा बढेको समयमा प्रतष्ठिानमा विभिन्न विधाबाट आवद्ध कार्यसमितिका सदस्यहरुले ईमान्दारी पूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । मेयर सिंहले वीरगञ्जका विद्यालयहरुमा कम्तीमा हप्तामा एक दिन भोजपुरी भाषा साहित्य, संस्कृतिको बारेमा कक्षा संचालन गर्ने योजनामा रहेको सुनाउनुभयो । साथै उहाँले भोजपुरी, भाषा, संस्कृति झल्काउने संग्राहलय समेत स्थापना गर्ने आफ्नो योजना रहेको पनि बताउनुभयो ।उहाँले भोजपुरी भाषा अन्य भाषा जस्तै सम्मानजनक तथा अन्तर्राष्ट्रिय स्तरमा समेत बोलिने भाषा रहेकोले यसको उत्थान तथा विकासका लागि युवाहरुको ध्यान बढाउनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।त्यस्तै कार्यक्रमका अध्यक्ष तथा वीरगञ्ज महानगरपालकिाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले स्थानीय भाषाको संरक्षण र विकासका लागि स्थानीयकै भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भोजपुरी भाषा, संस्कृति साहित्य, रहनसहन, खानपान लगायतका विषयवस्तुमा आधारित पुस्ताकलय, संग्राहलय, आर्ट ग्यालरी तथा पाठ्यक्रमतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply