वीरगञ्ज,पर्साको ठोरी गाउँपालिका– १ को भगवाननगरमा रहेको असहाय तथा वृद्धवृद्धा कल्याण समाजलाई शाखा अधिकृतहरुको एक समूहले आर्थिक सहयोग गरेको छ । बुधवार शाखा अधिकृतको ३६औं ब्याचका अधिकृतहरुको समूहले समाजलाई १ लाख ३० हजार १ सय ३५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सो सहयोग रकम शाखा अधिकृतहरु मनिसा कुमारी, राजन पाण्डे, पुरुषोत्तम बराल, जगदिश सहनी, तेजप्रकाश भण्डारी लगायतले समाजका संरक्षक आशबहादुर गुरुङ्लाई हस्तान्तरण गरेका थिए । सो अवसरमा ठोरी– १ का वडाध्यक्ष धनमान थापा, ठोरी– ३ का शिक्षक सुर्यबहादुर खड्का, युवा मिलन खड्का लगायतको उपस्थिति थियो ।
ठोरीको दुर्गम असहाय आश्रममा दाताहरुको ध्यान नपुगेकाले आफुहरुले सबैको ध्यानाकर्षण गर्नका लागि सहयोग गरेको अधिकृतहरुको भनाई उद्धित गर्दै शिक्षक खड्काले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here