अनिल तिवारी,

सिमरा, १० असोज– जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर–. १० मा राष्ट्रिय जनता समाजवादी पार्टीका ३० जना कार्यकर्ता नेपाल कम्म्युनिष्ट पार्टी नेकपामा शनिबार प्रवेश गरेका छन् ।

नेकपा वडा कमिटिको आयोजनामा सिमरामा सम्पन्न पार्टि प्रवेस कार्यक्रममा जससपाबाट निर्वाचित वडा सदस्यसहित ३० जना नेकपा प्रवेश गरेका हुन् ।

नेकपाका नेता टेटे महतोको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नितनपुर टोलका १४ तथा बेहेरा टोलका १६ जना गरी राजसपाका ३० कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । नेकपाकी बारा जिल्ला सह–ईन्चार्ज तथा प्रदेश २ सभासद ज्वाला साहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सह–ईन्चार्ज साहले जनताको चाहना अनुसारको काम गर्ने पार्टी नेकपा नै भएको दावी गर्नुभएको छ । पछिलो समय नेकपाले जितेको क्षेत्रमा बाटोघाटोका साथै अन्य सबै विकासको कार्य राम्रो भएको तर त्यसको गलत प्रचार गरेर नेकपालाई बदनाम गराउने कार्य भैरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपाका नेताहरु दिनेश राई, सुन्दर वि.क, राजन पौडेल, देवनारायण चौधरी, कमलेश झा, कृष्ण खनाल लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here