काठमाडौं, ८ मंसिर। नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन बढेको छ। दुई दिनको अवधिमा सुन प्रतितोला ५ हजार ३०० रुपैयाँले महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि अघिल्लो दिन सुनको मूल्य एकैपटक प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेको थियो। लगातारको मूल्यवृद्धिले दुई दिनमै सुन प्रतितोला ५ हजार ३०० रुपैयाँ महँगिएको हो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले वृद्धि हुँदै ३ हजार १४५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा समेत वृद्धि भएपछि बजारमा दुवै बहुमूल्य धातुको भाउ उकालो लागेको छ।

Leave a Reply