सिमरा,पथलैया नकआउट फूटबल प्रतियोगिताको उपाधीका लागि रामवन कुनाटोल र चकरी फूटबल क्लब भिड्ने भएका छन् ।गैरी खेल मैदानमा आइतवार भएको दोस्रो सेमिफाइनल खेलमा नव जनजागृती भेट्रान क्लबलाई २–१ ले पराजित गर्दै रामवन सेमिफाइनलमा प्रवेश गरेको हो ।दोस्रो सेमिफाइनल खेलको प्लेयर अफ दि म्याच रामवनका कृपा चौधरी घोषित भए । उनलाई पथलैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुरेश लामाले पुरस्कृत गरेका थिए ।
यसअघि शनिवार भएको पहिलो सेमिफाइनल खेलमा थानीमाई फूटबल क्लबलाई १–० ले पराजित गर्दै चकरी फूटबल क्लब फाइनलमा प्रवेश गरिसकेको छ ।

रामवन र चकरीबीचको फाइनल खेल आगामी पुस १३ गते शनिवार हुनेछ । दिब्य ज्योति युवा क्लबको आयोजनामा संचालन गरिएको प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद प्राप्त गर्नेछ । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो ।

Leave a Reply