कलैया,जिल्ला प्रशासन कार्यालय बाराको अगुवाइमा महागढीमाई र कोल्हबी नगरपालिकामा संयुक्त बजार अनुगमन गरिएको छ ।अनुगमनको क्रममा महागगढीमाई नगरपालिका वडा नम्बर १ मा संचालित मुस्कान डेरी उद्योगलाई ७५ हजार रुपैया जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको पाइएपछि सो डेरी उद्योगलाई जरिवाना गरिएको हो ।

त्यसैगरी कोल्हबी नगरपालिका वडा नं. १ स्थित न्यू जैसवाल मिठाई भण्डार र वडा नं. ३ स्थित बैष्णव होटललाई रु. ५÷५ हजार र वडा नं.२ स्थित हाम्रो फ्रेश चाउमिन उद्योगलाई रु. २० हजार जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ ।टोलीका अनुसार बजारका केही व्यवसायहरूलाई आवश्यक सुधारका लागि निर्देशन दिइएको छ भने मूल्य सूची प्रदर्शन, सरसफाइ, गुणस्तर मापदण्ड र उपभोक्ता अधिकारसम्बन्धी नियम पालना गर्न सचेत गराइएको छ ।जिल्ला प्रशासन कार्यालय बाराको अगुवाइमा जिल्लाका विभिन्न बजारमा केही दिनदेखि अनुगमन कार्यलाई तीव्र पारिएको छ । टोलीले बजार अनुगमनलाई अझ प्रभावकारी र कडाइका साथ निरन्तरता दिने जनाएको छ ।

Leave a Reply