काठमाडौं । लगातार केही सातादेखि गिरावट आएको सुनको मूल्यमा आज उल्लेख्य वृद्धि भएको छ। आइतबार सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply