काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको सहयोगमा नेपालमा निर्माण हुने तथा निर्माण सम्पन्न भएका पाँचवटा पूर्वाधार परियोजनाको संयुक्त रूपमा उद्घाटन तथा शिलान्यास गरेका छन्।

सोमबार नयाँदिल्लीमा आयोजित कार्यक्रममा दुवै प्रधानमन्त्रीले विद्युतीय माध्यमबाट स्विच थिचेर चारवटा परियोजनाको शिलान्यास र एउटा परियोजनाको उद्घाटन गरेका हुन्।

शिलान्यास गरिएका परियोजनामा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुल, बनबासा नाकामा निर्माण हुने एकीकृत जाँच चौकी, झापाको चारआलीसम्म विस्तार गरिने ग्यास पाइपलाइन तथा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना रहेका छन्।

त्यस्तै, भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजनाको उद्घाटन गरिएको छ। उक्त परियोजनाअन्तर्गत भारतबाट पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल आपूर्ति सुरु भएको छ।

यी परियोजनाले नेपाल–भारतबीचको ऊर्जा, व्यापार, पारवहन तथा पूर्वाधार विकासमा सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply