निजगढ,बाराको निजगढ १० लाल योङ्ग स्टार युनाइटेड क्लबद्वारा आयोजित दोस्रो ल्होछार कप प्रतियोगिता अन्तर्गत बिहीवार भएको उद्धाटन खेलमा नमस्ते फुटबल क्लब सर्लाही विजय भएको छ ।नमस्तेले निजगढ १२ को ग्रामीण विकास एफ सिलाई ३-२ ले पाखा लगाएको हो ।
यसअघि प्रतियोगिताको उद्धाटन निजगढ नगर प्रमुख सुरथ पुरीले गर्नुभएको थियो । उहाँले खेल क्षेत्रको विकासको लागि निजगढ नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।आयोजक समितिका अध्यक्ष अशोक लामाको अध्यक्षतामा भएको उद्धाटन कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, निजगढ वडा नम्बर १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, वडा नम्बर ८ का स्वर्ण लामा, वडा नम्बर ४ क विशन सापकोटा, वडा नम्बर ११ का सहईया गुरो, १२ नम्बरका वडा अध्यक्ष ज्ञानबहादुर गोलेलगायतले फुटबल खेलको महत्वको बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा वडा नं. ७ का अध्यक्ष टेकबहादुर लामा, वडा नं. ८ का स्वर्ण लामा, वडा नं. ९ का रामचन्द्र कटवाल, नेपाली कांग्रेस नगर सभापती नवराज तिमल्सिना, नेकपा एमालेका नगर सचिव तिलक घलान, नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष सन्तोष दंगाल, राप्रपा नगर अध्यक्ष खड्कप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापती रामहरि खरेल, निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।शुक्रवार पहिलो खेल न्यू हिमालय फुटबल क्लब निजगढ– ८ र चकरी फुटबल क्लब जीतपुरसिमराबीच १२ः०० बजे हुने छ भने दोश्रो खेलमा निजगढ फुटबल क्लब निजगढ– ४ र सिर्जनशील फुटबल क्लब मकवानपुर बकैया– ६ ले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

















