काठमाडौँ । जनकपुरधाम र भारतको अयोध्याबीच प्रत्यक्ष रेल सेवा सञ्चालनमा आएको छ। सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झन्डा देखाएर ‘जनकपुरधाम–अयोध्या साप्ताहिक एक्सप्रेस’ रेल सेवाको उद्घाटन गरेका हुन्।

भारतले यस रेल सेवाको नाम ‘सर्यु कमला एक्सप्रेस’ राखेको छ। करिब ६०४ किलोमिटर दूरी तय गर्ने यस रेल सेवाले नेपाल र भारतका दुई प्रमुख धार्मिक तथा सांस्कृतिक सहरलाई प्रत्यक्ष रेल सञ्जालमा जोडेको छ।

माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्याबीच रेल सेवा सुरु भएपछि धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

विशेषगरी जनकपुरधामबाट अयोध्या जाने तीर्थयात्रीलाई सहज आवागमनको सुविधा उपलब्ध हुने विश्वास गरिएको छ। लामो समयदेखि प्रत्यक्ष रेल यातायातको प्रतीक्षामा रहेका दुवै देशका नागरिक तथा पर्यटकका लागि यो सेवा उपयोगी हुने अपेक्षा गरिएको छ।

Leave a Reply