निजगढ,शहरी विकास कार्यालय वीरगञ्जमार्फत निजगढ स्मार्ट सिटी कार्यक्रमअन्तर्गत निजगढमा मापदण्ड विपरीत सडक निर्माण भएको पाइएको छ ।कार्यालयले बज्रगुरु निर्माण कन्ट्रक्शन काठमाण्डौंमार्फत नगरपालिकाको वडा नम्बर ६, ७ र ९ को विभिन्न क्षेत्रमा निर्माण गरिरहेको करिव ७ किमी सडक मापदण्ड विपरित निर्माण भइरहेको हो ।
निर्माण कम्पनीसंग भएको संझौतामा सडकमा परेका विजुली र टेलिफोन लाइनका पोल हटाएर सडक बाहिर गाढनु पर्ने प्रावधान भएपनि निर्माण कम्पनीलेसडकको पेटी र नालाभित्रै पोल राखेर सडकनिर्माण गरेको हो ।
साविकको सडक क्षेत्रभित्र परेका पोलहरु स्थानानन्तर नगरी निर्माण कम्पनीलेसडक निर्माण गरेपछि स्थानीयले मापदण्डअनुसार सडक निर्माण गर्न माग गर्दैआएका छन ।
‘सडक निर्माण गर्दा सडक, नाला र पेटीमा परेका पोलहरु हटाउनुपर्ने प्रावधान छ, निजगढ नगरपालिका वडा नम्बर ७ का वडा सदस्य दिलबहादुर मगरले भन्नुभयो, तर संझैता विपरित ठेकेदारले सडक निर्माण कार्य जारी राखेको छ ।’ उहाँकाअनुसार पहिले सडक किनारमा रहेका पोलहरु मध्ये अधिकांश पोल अहिले नालाभित्र र केहीसडकको बिच भागमा समेत परेका छन । पटकपटक सुझाव दिदा पनि कम्पनीले सडक र नालामा परेका पोल हटाउने बारेमा चासो नदेखाएको उहाँले सुनाउनुभयो ।
स्मार्ट सिटी कार्यक्रम अन्तर्गत निजगढ ९ को तेर्सा लाइन, निजगढ ७ को माझी टोलदेखि भ्याकुरे टोल हुदै योजना टोलसम्म र निजगढ ६ को धियाल टोलबाट राममन्दीरसम्म निर्माण भएकोसो सडकमा परेका अधिकांश पोलहरुलाई यथावत राखेर सडक कालोपत्रे गरिएको र यसले नगरको सुन्दरता बिगार्नुको साथै दुर्घटना जोखिमसमेत बढाएको वडा सदस्य थापामगरको भनाई छ ।‘नालामा परेको पोल खिया लागेर चाढै ढल्नसक्ने र यसबाट धनजनको क्षति हुनसक्छ, उहाँले भन्नुभयो, मापदण्ड विपरित सडक निर्माणले नगरको सुन्दरतामात्रै होइन, जनधनको असुरक्षा समेत बढाएको छ।’
यसअघि मापदण्ड विपरित सोही सडकमा सोलार बत्ती जडान गरिएको भन्दै स्थानीयले विरोध जनाएपछि कम्पनी मापदण्डअनुसार बत्ती जडान गर्न बाध्य भएको थियो । एउटा पोलबाट अर्को पोलसम्म ५०÷६० मिटरको दुरीमा बत्ती जडान गर्नुपर्ने प्रावधान भएपनि कम्पनीले १ सय मिटरदेखि १५० मिटरसम्मको दुरीमा राख्ने प्रयास गरेपछि स्थानीयले विरोध गरेका थिए ।