अहिले तराई मधेसको मात्रै होइन देशभरकै तापक्रम एकदमै बढेको छ । अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर बन्दै गइरहेको बेला विशेषगरी विद्यालयहरु भने धमाधम बन्द गरिएको छ ।चर्को गर्मीको कारण देखाउदै मधेसका विद्यालयहरु बन्द भएको पनि दश दिनभन्दा धेरै भइसक्यो फेरि पनि विद्यालयहरु लगत्तै संचालनमा आउने संभावना देखिदैन । आइतवार अथवा आजबाट पनि मौसममा उलेख्य सुधार हुने संभावना कम देखिन्छ ।यो हिसावले यसैपनि विद्यालयहरु बन्द नै हुने भए । लामो समय विद्यालय बन्द गरिदा यसले विद्यार्थीहरुको भावनामा नकरात्मक संदेश त प्रवाह हुन्छ नै साथमा विद्यार्थीहरुको पनि पढाइ पनि बिग्रने नै छ । समयमा पठनपाठन भएन भने कोर्स सिध्याउन पनि समस्या सृजना हुन सक्छ त्यसैले पनि लामो समय बन्द हुनु विद्यार्थीका लागि यसैपनि घाटा नै हो । फेरि अहिले गर्मी भन्यो पुस, माघामा जाडो भन्यो त्यसमा पनि पढाइ प्रभावित हुन्छ नै ।यस्तो बेलामा सरकारले लिने नीतिका सवालमा भने हरेक स्थानीय तहहरु बेखबर जस्तै छन् । उनीहरुले गर्मी बढ्यो भने वा जाडो बढ्यो भने बिदा दिने नीति लिएका छन् । यो नै समस्या समाधान होइन । विद्यालयको भौतिक अवस्था सुधार विद्यार्थीहरुका लागि गर्मी वा जाडोबाट कसरी जोगाउन सकिन्छ यसमा स्थानीय तहरुको नीति हुनुपर्दछ । यतातिर ध्यान कम भएको देखिन्छ । त्यसैले अब विद्यालय बन्द गरिरहनु भन्दा पनि उचित नीति लिएर विद्यालय संचालन गर्दा नै सबैको लागि हितकर हुनेछ ।

Leave a Reply