निजगढ,विवाहा पञ्चमीको अवसरमा निजगढ नगरपालिका वडा नम्बर ६ भमराटोलस्थित रामजानकी मन्दीरमा भगवान राम र सिताको विवाहाको संझनामा बुधबार विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
निजगढ नगरपालिका वडा नम्बर ६ स्थित अध्योध्यानगरको गणेश मन्दीरबाट बाजागाजासहित बिहान ११ बजे प्रस्थान गरेको जन्ति रामजानकी मन्दिर अध्योध्यान नगरमा पुगेपछि १२ बजे दिउसो रामजानकीको मुर्तिमा माला पहिर्याएर स्वम्बर गरिएको थियो ।
रामजानकी र गणेश मन्दीर व्यवस्थापन समितिको आयोजनामा विवाहा महोत्सव आयोजना गरिएको हो । सो अवसरमा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछाने, वडा नम्बर ६ का वडा अध्यक्ष कुशबहादुर थापासहित स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको समेत उल्लेख्य उपस्थिति रहेको थियो । मन्दिरमा बुधबार रात भर भजन, किर्तन र पुजापाठ आयोजना गरिने स्थानीय शिक्षक पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो । श्रीराम जानकि मन्दिर जानकि नगर र श्रीगणेश मन्दिर अयोध्यानगरको संयुतm आयोजनामा भगवान राम र आदर्श नारी सीताको त्रेता युगमा जनकपुरमा भएको विवाहाको सम्झनामा यस वर्ष पनि निजगढमा चौथो बिवाहा पञ्चमी महोत्सव आयोजना गरिएको हो । मिथिलाका राजा जनकले धर्मपुत्री सिताकोलागि योग्य वर खोज्ने क्रममा दरवारमा राखिएको शिव धनुस अयोध्याका राजा दशरत चन्द्रका जेठा छोरा मर्यादा पुरुषोत्तम भगवान श्रीरामको हातबाट भाचिएपछि दुबैको विवाहा गरिएको धार्मिक मान्यता छ ।
हरेक वर्ष मंसिर शुक्ल पक्षका दिन आयोजना गरिने बिवाहा पञ्चमि उत्सव प्रदेश २ को राजधानी जनकपुरस्थित बिश्व प्रसिद्द धार्मिक स्थल जानकी मन्दिरमा हर्षाेउल्लासका साथ मनाउने गरिएको छ ।