काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको छ।

भ्रमणको दोस्रो दिन सोमबार दुवै देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय भेटवार्ता भइरहेको हो। वार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा साझा चासोका विषयमा छलफल हुने कार्यक्रम छ।

भेटवार्तापछि दिउँसो १२ः२५ बजे हैदराबाद हाउसमै दुवै देशबीच समझदारीपत्र ९एमओयू० आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय गरिएको छ।

यसअघि सोमबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई औपचारिक स्वागत गरिएको थियो। त्यसपछि उनी राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए।

भ्रमणको कार्यतालिकाअनुसार दिउँसो ३ः१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपतिसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नेछन्।

भारतमा निर्धारित सबै औपचारिक तथा कूटनीतिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह अपराह्न ४ः५० बजे स्वदेश फर्किन नयाँदिल्लीबाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

यसअघि आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस। जयशंकरसँग पनि भेटवार्ता गरिसकेका छन्।

Leave a Reply