नवीन चौधरी

वीरगन्ज,श्रोत नखुलेको ७ लाख नेपाली रूपैया सहित बाराको जीतपुर बजारका एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ५० को हरिनारायण प्रसाद कुर्मी रहेका छन । विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट क्राईम ब्रान्च प्रमुख प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले सीमावर्ति भारतीय शहर रक्शौलबाट वीरगन्जतर्फ आइरहेको ना २८ प २८९० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा ट्याकी मुनि लुकाइछिपाई राखेको अवस्थामा नेपाली रूपैया ७ लाख बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताउनुभयो ।

बरामद नगद सहित कुर्मीलाई थप आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा कारबाही अगाडि बढाइएको प्रवक्ता डिएसपी दिपक गिरीले बताउनुभयो ।

Leave a Reply