निजगढ,भूमि समस्या समाधान आयोगको पहलमा निजगढ नगरपालिका वडा नम्बर ६ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच कार्य औपचारिक रूपमा शुरु गरिएको छ ।आयोगबाट खटिएको प्राविधिक टोलीले स्थानीय तहको समन्वयमा नापजाँच कार्य अगाडि बढाएको हो ।

कार्यक्रमको शुभारम्भ निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले जग्गा नापजाँच गर्ने दुरबिनमार्फत नापजाँच क्षेत्रको अवलोकन गर्नुभएको थियो भने उपमेयर सोममाया थिङले पूजापाठ गरी उद्घाटन गर्नुभएको थियो ।भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यसहित सुरु गरिएको यो नापजाँच कार्यले वास्तविक लाभग्राही पहिचान, तथ्यांक संकलन र आगामी चरणमा जग्गा व्यवस्थापन र धनीपुर्जा वितरण प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

Leave a Reply