निजगढ,निजगढ नगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०८२-०८३ को लागि बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सरोकारवालाहरुलाई सूचना गरेको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले एउटा सूचना जारी गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न हुन चाहने न्यून आय भएका वा स्वरोजगारमा संलग्न नरहेका १८ वर्षदेखि ५९ वर्ष उमेर समुहका नागरिकले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आग्रह गर्नुभएको हो ।सूचनामा त्यस्ता व्यक्तिहरुलाई आगामी फागुन मसान्तभित्र आफू स्थायी बसोवास गरेको वडा कार्यालयमा एक थान फोटो, नागरिकताको प्रतिलिपि र अन्य आवश्यक कागजपत्रसहित निवेदन पेस गर्न भनिएको छ ।निवेदकहरु नेपाल सरकारले तोकेको न्यूनतम वार्षिक पारिश्रमिकभन्दा कम आय भएको परिवारको सदस्य हुनुपर्ने, अनेत्रबाट बसाइँसरी आएकाहरुको हकमा बसाइँसराइ वा विवाह दर्ता प्रमाणपत्रको छायाँ प्रति पनि पेस गर्नुपर्ने सूचनामा जनाइएको छ ।त्यसैगरी निवेदकले कुनै सीपमूलक तालिम लिएको भए सोको प्रमाणपत्रको छायाँ प्रति पनि पेस गर्न सूचनामा भनिएको छ ।
फोटो पनि छ ।

Leave a Reply