वीरगन्ज, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले शुक्रबार एक भारतीय नागरिकलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ ।वीरगन्ज भन्सारस्थित मूलगेट चेक प्वाइन्ट टोलीले भारतबाट नेपालतर्फ आइरहेको प्रदेश २-०३-०१६ प १९३० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा भारत बिहार पुर्वी चम्पारण वाजितपुर पोस्ट पञ्चाय- ४ बस्ने ३७ वर्षीय राकेश जयसवालले स्कुटरको डिकीमा लुकाइराखेको ४ लाख रुपैयाँ बरामद गरेको हो ।पक्राउ परेका जयसवाललाई कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङ पाण्डेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here