जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख डा। सुरेन्द्रलाल कर्णले आइतबार यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

संविधानको धारा १६८ को उपधारा ९३० अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा जसपा नेपालका नेता यादवलाई शनिबार प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री नियुक्त भएसँगै यादवले मधेश प्रदेश सरकारको नेतृत्व सम्हालेका छन्।

Leave a Reply