कृष्ण मोहन साह
सेढवा – विश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको रोकथाम र नियन्त्रणको लागि सरकारले लागू गरेको लकडाउनको कारणले गरिब, अति बिपन्न र असहाय व्यक्तिहरुलाई जिबिकोपार्जन गर्न समस्या भैरहेकै बेला पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ मा रहेको सुवर्ण युवा समाजले ३५ घरधुरीका अति बिपन्न र बिपन्नलाई चामल, दाल, आलु, भुजा, खाने तेल र साबुन बितरण गरेको छ ।
गाउँपालिकाले केही दिन अगाडि राहत बितरण गरेको भएपनी ती ३५ घरधुरी राहत पाउनबाट बन्जित भएको खबर पाएपछि सुवर्ण युवा समाजले उक्त राहत बितरण गरेको स्थानीय युवा बिमल प्रधानले जानकारी दिए ।