सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० इनर्वासिरामा मंगलवार नेपाल कम्युनिष्ट पार्टी एमालेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।नेकपा एमाले केन्द्रीय सदस्य तथा जीतपुरसिमरा उपमहानगर कमिटी इन्चार्ज मन्जु थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सरस्वती देबी चौधरी, प्रदेश कमिटी सदस्यहरु सुन्दरबहादुर विश्वकर्मा, मनोज पौडेल, एमाले जिल्ला सचिवालय सदस्य एवं नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले बाराका जिल्ला सचिवालय सदस्य अमृतलाल श्रेष्ठ, वडा अध्यक्ष रसूल अन्सारी लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।वडा कमिटीकी अध्यक्ष मायादेवी चौधरीको सभापतित्वमा र चन्द्रकान्त उपाध्यायको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा नेकपा एकिकृत समाजबादीका जिल्ला सदस्य मनोज राम, माओवादी निकट दलित मुक्ति मोर्चाका बारा जिल्ला सदस्य मोती पासवान, माओबादीको तर्फबाट वडा सदस्यका प्रत्यासी तेतरी देबी, नेकपा एसका वडा सदस्यका प्रत्यासी चिन्ता देबी राम, नेकपा एस नगर सदस्य देवलाल पासवान र ध्रुब पासवानसहित विभिन्न पार्टी परित्याग २ दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।



















