जनकपुरधाम । मधेश प्रदेश प्रहरीले अवैध लागुऔषध खेती नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिएको छ। यसैक्रममा सर्लाहीको चुरे क्षेत्रमा लगाइएको करिब १ लाख ५० हजार गाँजाका बोट नष्ट गरिएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार सर्लाही प्रहरीले लालबन्दी नगरपालिका–१४ र १५ अन्तर्गत चुरे क्षेत्रका विभिन्न स्थानमा अवैध रूपमा गरिएको गाँजा खेती फडानी गरी नष्ट गरेको हो।
शुक्रबार सञ्चालन गरिएको अभियानका क्रममा ठूलो संख्यामा गाँजाका बोट फेला पारी नष्ट गरिएको प्रहरीले जनाएको छ।
प्रदेशमा अवैध गाँजा खेती नियन्त्रण तथा लागुऔषध उत्पादन रोक्ने उद्देश्यले प्रहरीले विभिन्न जिल्लामा अभियान सञ्चालन गरिरहेको जनाएको छ।

















