काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक ९आईजीपी० मनोज केसीले आफू, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुन्ने चेतावनी दिएको आरोप लगाएका छन्।

बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आईजीपीको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै यस्तो अभिव्यक्ति जिम्मेवार पदमा बसेको व्यक्तिलाई सुहाउने विषय नभएको टिप्पणी गरे।

उनले आफूहरू राणा शासन, पञ्चायत तथा निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको उल्लेख गर्दै प्रहरी प्रशासनबाट धम्कीपूर्ण भाषा प्रयोग हुनु उचित नभएको बताए।

ओलीले आफूहरूविरुद्ध प्रमाण भए पक्राउ गरेर थुन्न चुनौतीसमेत दिए। उनले गृहमन्त्री सुधन गुरुङले फाइल खोल्ने र सबैलाई थुन्ने अभिव्यक्ति दिएको प्रसंग उठाउँदै यस्तो अभिव्यक्तिले जनतामा त्रास सिर्जना गर्ने दाबी गरे।

ओलीले प्रहरी प्रशासन र सरकारका जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिँदा जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।

Leave a Reply