रौतहट,चार वर्षअघि आफ्नै बुहारीको हत्या गरी फरार भएकी रौतहट समनपुरकी ६२ वर्षीय सायरा खातुनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार खातुनले २०७७ साल जेठ ८ गते आफ्नै छोरा मो. इन्ताज चुडिहारकी २२ वर्षीय श्रीमती निसनारा खातुनलाई हत्या गरेकी थिइन् ।

प्रहरीले उपलब्ध गराएको घटनाको विवरण अनुसार, पारिवारिक विवादकै कारण सायरा खातुनले निसनारा खातुनलाई कुटपिट गर्दै मुखमा कपडा कोचेर हत्या गरेकी थिइन् । घटनापश्चात् फरार भएकाले प्रहरीले उनको खोज तलास गर्दैआएका थियो ।
प्रहरीको विशेष टोलीले गोप्य सूचनाको आधारमा खातुनलाई गत पुस २६ गते रौतहटको गढीमाई नगरपालिका–२ समनपुरस्थित एक घरबाट पक्राउ गरेको हो ।पक्राउपछि रौतहट जिल्ला अदालतबाट म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । प्रहरीले घटनाको मुख्य कारण र अन्य सम्भावित संलग्नताबारे समेत अनुसन्धान गरिरहेको छ ।

Leave a Reply