नरेश गुप्ता

बरियारपुर,जिल्ला प्रशासन कार्यालय बारामा नेपाली नागरिकताको प्रमाण पत्र बनाउन पुगेका एकजना सेवाग्राहीमाथि सोमबार कर्मचारीले दुव्र्यवहार गर्दै कुटपिट गरेका छन ।

जिल्लाको महागढीमाई नगरपालिका कार्यालयका एम्बुलेन्स चालक जलान्धर यादवमाथि जिल्ला प्रशासन कार्यालयमा कर्मचारीले दुव्र्यवहार गर्नुको साथै सुरक्षाकर्मी लगाएर कुटपिट गरेका हुन ।

आफन्तको नेपाली नागरिकताको प्रमाण पत्र बनाउने क्रममा जिल्ला प्रशासन कार्यालय कलैयामा पुग्नु भएका जलान्धरलाई कार्यालयका प्रशासकीय अधिकृत सुरेन्द्र यादवले दुव्र्यवहार गर्दै कुटपिट गर्नु भएको हो । सामन्य विवादमा पनि कुटपिट र दुव्र्यवहार गरिएको पीडितले कृपा दैनिकलाई बताउनु भएको छ । आफूलाई तीन घन्टासम्म प्रहरी नियन्त्रणमा राखेर मानसिक यातनासमेत दिइएको उहाँको भनाइ छ । सेवाग्राहीलाई कर्मचारीले शीघ्रसेवा दिनु पर्ने माग गरेपछि विवाद सुरु भएको बताइएको छ ।

‘सम्झाइबुझाइ गरेर सेवा दिनुको साटो उल्टै प्रहरी लगाएर कुटपिट गरे, जलान्धरले भन्नुभयो, सेवा माग्दा यातना दिए ।’

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने आइतवार सेवाग्राही र कार्यालयका कर्मचारीबीच सामान्य बिवाद मात्रै भएको बताउनु भएको छ । कार्यलयमा कामको चाप बढी भएको बेला कहिलेकाही कर्मचारी र सेवाग्राहीबीच बिवाद हुनु सामान्य कुरा भएको पनि उहाँले बताउनुभयो ।

कार्यालयमा अहिले मतदाता परिचय पत्र, राष्ट्रिय परिचय पत्र, नेपाली नागरिकताको प्रमाण बनाउन र अन्य सेवा लिन आउने सर्वसाधारणको भीड लाग्ने गरेको छ । कार्यालयमा कामको चाप बढी भएको भन्दै कर्मचारीहरुले सानो काममा पनि तीन÷चार दिनसम्म अल्झाएर राख्ने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here