वीरगन्ज,वीरगन्ज महानगरपालिकाले वडाहरुलाई पूर्ण खोप घोषणा सहित गर्भवती महिलाहरुलाई पौष्टिक आहार समेत वितरण गरेको छ । महानगरपालिकाले आइतबार वडा नम्बर १०, ११ र १६ लाई पूर्ण खोपयुक्त वडा घोषणा गर्नुको साथै गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरणको समेत सुरुवात गरेको महानगरपालिकाका सामाजिक तथा स्वास्थ्य महाशाखाका प्रमुख अरुणकुमार महतोले जानकारी दिनुभयो ।

महानगर क्षेत्रका चार हजार गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गर्ने कार्यक्रम अनुसार आइतबार महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले वडा नम्बर १० का पाँचजना गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गरेर शुभारम्भ गर्नुभएको हो । महानगर प्रमुख सरावगीले गर्भवती र प्रसुती महिलाहरुलाई अण्डा, खाने तेल र नुन वितरण गर्नुभएको हो । त्यस्तै नगर प्रमुख विजयकुमार सरावगीले नम्बर १० मा निर्माण सम्म्पन्न भएको आधारभुत स्वास्थ्य चौकी भवनको उद्वघाटन गर्नुभएको छ । करिब ४८ लाखको लागतमा निर्मित स्वास्थ्य चौकी भवनको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले उदघाटन गर्नुभएको हो । वडा अध्यक्ष रामनगिना साह कानुको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here