निजगढ,नेकपा एकीकृत समाजवादीमा रहेका मुकुन्द न्यौपानेसहितका नेताहरु नेकपा एमालेमा फर्किएका छन् ।शनिबार आयोजित कार्यक्रममा न्यौपाने, नेता चुडामणि जंगलीसहित नेकपा एकीकृत समाजवादीको विभिन्न कमिटीमा रहेका ३४ जना एमाले फर्किएका छन् ।एमाले फर्किनेमा नेताहरु मुना बानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर ज्ञवाली, हरिकुमार श्रेष्ठ, छविलाल गौडेल, तोरणबहादुर केसीलगायत रहेका छन् ।नेता मुकुन्द न्यौपाने र चुडामणि जंगलीले करिब एक महिनाअघि एकीकृत समाजवादी त्यागेका थिए ।न्यौपाने ०४८ र ०५१ सालको आम निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेकपासंगै एमाले पनि विभाजन भएपछि न्यौपाने माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सक्रिय हुनुभएको थियो ।

















