नरेश गुप्ता

बरियारपुर,बाराको देवताल गाउँपालिकामा कार्यरत नायब सुब्बा राजिवकुमार यादवको पाँचौ तहमा भएको बढुवा सम्बन्धमा गाउँपालिकाले दुई दिनभित्र सत्य तथ्य पेस गर्नुपर्ने जनाएको छ ।

गाउँपालिकाका नायब सुब्बा यादवले माघ १६ गते तलब विवरण प्रमाणित गर्न माग गरेपछि उहाँको नियुक्ति सम्बन्धमा छानबिन शुरु गरिएको थियो । तत्कालीन जिल्ला बिकास समितिको कार्यालय बाराबाट दुई÷दुई पटक थप दुई ग्रेड बापतको सेवा सुविधा लिइएको र सहायक तेस्रो तहबाट चौथो तहमा बढुवा भएको देखिएको छ ।

नायब सुब्बा यादवको २०६९ बैशाख ७ गते बढुवामा सिफारिस भएपनि झण्डै १ वर्ष ४ महिनापछि मात्रै बढुवा नियुक्ति लिइएको देखिएपछि नियुक्ति प्रक्रियामाथि छानबिन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले जानकारी दिनुभयो ।

तत्कालिन जिल्ला बिकास समितिको कार्यालय कलैया बाराको चलानी नम्बर १११०÷ २०५८÷०५९ र २०५८ पौष १५ गतेको पत्रबाट साबिक पिपरपातीजब्दी गाविस वडा नम्बर ९ निवासी यादवले स्थायी नियुक्ति पाउनु भएको थियो । यादवलाई प्रशासन अनुदानतर्फ सहायक स्तर तेस्रो तह (मुखिया सरह, प्रशासन) पदमा नियुक्त गरिएको थियो । साथै पत्र सँख्या २०६२÷०६३ को चलानी नम्बर ३६२० बाट स्वतः सहायक चौथो (खरिदार, प्रशासन) तहमा बढुवा हुनुभएको थियो ।

त्यस्तै जिविस कलैया बाराको पत्र सँख्या २०६४÷०६५ को चलानी नम्बर २६ बाट ईमान्दारी पुर्बक र लगानशिलताका साथ कामकाज सम्पन्न गरेबापत प्रोत्साहन स्वरुप २०६५ श्रावण १ गतेदेखि लागू हुने गरी २ ग्रेड बृद्धि गरिएको थियो । त्यसैगरी २०६८ श्रावण १ गतेदेखि लागू हुने गरी पुनः २ ग्रेड वृद्धि गरिएको हो । त्यस्तै स्थानीय स्वायत्त शासन नियमावली २०५६ (संसोधनसहित ) को नियम २२५ (१) बमोजिम यादवलाई अनुदानतर्फ २०६९ जेष्ठ ११ देखि लागू हुने गरी प्रशासन समुह सा.प्र. को नायव सुब्बा पाचौ बढुवा नियुक्ति गरिएको थियो । तर यादवले २०७० साल श्रावण २९ गते आफ्नो बढुवा नियुक्ति पत्र बुझेकोले शंका उत्पन्न भएको देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताउनु भएको छ ।

देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत साहले प्रोत्साहन स्वरुप ग्रेड वृद्धि गर्ने नेपालको नियम कानुनमा व्यवस्था नभएकोले यादवको नियुक्ति लगायत शैक्षिक योग्यतासमेत छानबिन गर्ने बताउनु भएको छ ।

नायब सुब्बा यादवले आफूले नेपाल सरकारको नियम कानुन विपरीत कुनै सेवा सुविधा नलिएको बताउनुभएको छ । जिल्ला विकास समिति हुँदा आफुले कार्यालयको निर्णय अनुसार वृद्धि गरिएको तलब, भत्ता र ग्रेड बुझ्दै आएको र अहिले पनि सोही अनुसार पाउनु पर्ने बताउनु भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here