बिगत एक हप्ता देखि  बढ्दै गएको शीत लहर ,जाडो छल्न महागढीमाईको नगर क्षेत्रमा  आगो बाल्न दाउराको ब्यवस्था गरिएको छ ।  महागढीमाई नगर क्षेत्रमा वडा न १ देखि ११ वडा सम्मको हाट बजार र ग्रामीण  क्षेत्रमा जाडो छल्न आगोको ब्यवस्थापन गरिएको नगर प्रमुख उपेन्द्र  प्रसाद यादवले बताए । 

 

 

 

बिगत एक हप्ता देखि बढ्दै गएको चिसो र शीत लहरको कारण सबैभन्दा बढी साना साना बालबालिका र वृद्धहरु बढी प्रभावित बनेका स्वास्थ शाखा प्रमुख बिजय कुशवाहाले बताए ।  शीत लहर र बढ्दै गएको चिसोको कारण न्यानो कपडा लगाउन र गरम खानेकुरा खान चिकित्सकहरुले सल्लाह दिएका छन । अत्यन्तै बढेको चिसोको कारण कोल्ड डाईरिया , रुखा खोकी , दमको रोगी बढेको चिकित्सक बिजय कुशवाहाले कृपा दैनिकलाई जानकारी गराए ।

 

 

 

 

 

नगर क्षेत्रमा आगो ताप्न दाउराको ब्यवस्था नगरपालिकाले गरेपछी स्थानियहरु खुशी  भएको छन ।  महागढीमाई नगर क्षेत्रको बरियारपुर बजार , गंन्जभवानिपुर , बबुआईन , कवही जब्दी , पिपराबिर्ता , पिपराढी , तेलकुवा, गढीमाई मन्दिर क्षेत्र लगायतको ठाउमा आगोको ब्यवस्था गरिएको छ । अत्यन्तै बढेको जाडो र शीत लहरको कारण महागढीमाई नगर क्षेत्रमा सामुदायिक बिधालयहरुको पठनपाठन ठप्प बनेका छन ।

Leave a Reply