साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ३२.६५ अंक घटेर २६५७ अंकमा कायम भएको छ। कारोबार सुरु भएदेखि नै बजार रातो अवस्थामा रहेको थियो।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ७ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ।

आज २१ कम्पनीको सेयर मूल्य बढ्दा २५२ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहगत सूचक घटेका छन्। विकास बैंक समूह सबैभन्दा धेरै १.८८ प्रतिशतले ओरालो लागेको छ।

बैंकिङ १.०७, फाइनान्स १.५३, होटल तथा पर्यटन ०.६३, जलविद्युत् १.०८, लगानी १.४२, जीवन बीमा १.४७, उत्पादन तथा प्रशोधन ०.९०, माइक्रोफाइनान्स १.१६, निर्जीवन बीमा १.७२, अन्य १.६१ र व्यापार समूह ०.८६ प्रतिशतले घटेका छन्।

आज बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ। मकर जितुमाया सुरी हाइड्रोपावर ८.७७, मन्दाकिनी हाइड्रोपावर ५.४७, एनआईसी एसिया बैंक ३.०२ र बुटवल पावर २.४८ प्रतिशतले बढेका छन्।

यता झापा इनर्जीको मूल्य ४.११ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.०८, एनएलजी इन्स्योरेन्सको ३.८३ र माउन्ट एभरेस्ट पावरको ३.५६ प्रतिशतले घटेको छ।

सोमबार बढी कारोबार हुने कम्पनीमा घलेम्दी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक, मकर जितुमाया सुरी हाइड्रोपावर, ग्रिन भेन्चर्स, एनआईसी एसिया बैंक र प्राइम कमर्सियल बैंक रहेका छन्।

Leave a Reply