वीरगञ्ज,मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगञ्ज ९९ मेगाहर्जले आफनो प्रसारणको २१ वर्ष पुरा गरी गौरवमय रुपमा २२ औँ वर्षमा प्रवेश गर्ने अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।शनिवार विहान ८ बजेदेखि आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ महिला, २ सय २१ पुरुषसहित २ सय ४५ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जारा रक्तदान गरी शुभारम्भ गरेको कार्यक्रममा नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंह, भौतिक योजना तथा यातायात पूर्वमन्त्री कलावती पासवान, वीरगञ्ज उद्योग वाणिज्य संघ उपाध्यक्ष मनोज दास, सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदिप जयसवाल, नेपाल शिक्षक संघ बाराकी उपाध्यक्ष अनिला चौधरी, सुजाता उप्रेती, नेपाल प्रेस युनियनका उपाध्यक्ष अनिलकुमार झा, तरुण दलका केन्द्रीय सदस्य राजकिशोर गुप्ता, द्वारिका उपाध्याय, तरुण दल बाराका अध्यक्ष सुनिल पटेल, हरेन्द्र यादवलगायतले रक्तदान गर्नु भएको थियो ।सो अवसरमा रेडियो वीरगञ्ज रामप्रवेश चौधरी, अफरोज अर्पण, महेश कठायत, ओम मिश्र, निशान्त चौधरी, अखिल पटेल, प्रेम पटेल, ओमप्रकाश पाण्डेले पनि रक्तदान गर्नुभएको थियो ।
रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले जनतालाई सूचना, मनोरञ्जनसँग सामाजिक उत्तरदायित्वको क्षेत्रमासमेत रेडियो वीरगञ्जको महत्वपूर्ण योगदान रहेको बताउदै समाज परिवर्तनको दिशामा रेडियोको भूमिका अझ महत्वपूर्ण बन्ने अपेक्षा लिएको बताउनुभयो ।रक्तदान कार्यक्रममा विशेष गरी नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापती एवं युवा नेता लोकेश सिंह, जसपाका युवा नेता ईश्वर यादव, पन्नालाल लगायतको विशेष भूमिका रहेको थियो ।बारा क्षेत्र नम्ब्बर ४ कांग्रेसका सभापती सिंह १ सयभन्दा बढी मोटर साईकलमा बाराका विभिन्न ग्रामीण क्षेत्रबाट युवाहरुलाई रक्तदानको निम्ति ¥याली सहित सहभागी गराउनुभएको थियो ।कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत देवी सहाय मिना, तरुण कुमार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अजय चौरसिया, मधेस प्रदेश सभा सदस्य श्याम पटेल, प्रदेश सभाका पूर्वसदस्य राजेश्वर साह तेली, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, बाराका प्रहरी उपरीक्षक सरेश काफ्ले, पर्साका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य, सशस्त्र प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रकी संयोजक मधु राणा, समाजसेवी पशुपती विक्रम शाह, उषा शाह, तेली कल्याण समाजका केन्द्रीय अध्यक्ष विश्वनाथ साह, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, जिल्ला अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रीय महासचिव रामकुमार एलन, मानव सेवा आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, जनमत पार्टी पर्साका ओमप्रकाश सर्राफ, मुकेश द्विवेदी, लोसपाका केन्द्रीय सदस्य निजामोद्दिन समानी, नेकपा एकिकृत समाजवादीका वीरगञ्ज नगर अध्यक्ष मनोज चौधरी, राजन श्रीवास्तव, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, ग्रिन सिटी सामुदायिक केन्द्रका जयप्रकाश खेतानलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको समापन गर्दै रेडियो वीरगञ्जका अध्यक्ष ध्रुव साहले रक्तदान कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले छोटो समयको तयारीपछि गरिएको कार्यक्रममा रक्तदाताहरुको उल्लेख्य उपस्थितिले आफूलाई थप उर्जा मिलेको बताउनुभयो ।सो अवसरमा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका इन्चार्ज सौरभराज पाण्डेले रेडियोका अध्यक्ष साहलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने साहले इन्चार्ज पाण्डेसहित रक्तदान कार्यक्रममा प्राविधिक सहयोग पु¥याउने केन्द्रका १३ जना कर्मचारीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply