कृपा दैनिक पत्रिकाका कार्यकारी सम्पादक कृष्ण उदास खनालले पञ्च वर्षिय गढीमाई मेलाको बारेमा मूल पुजारी तथा व्यवस्थापन समितिकाका महासचिवसँग भएको कुराकानी जस्ताको त्यस्तै ।
प्रश्न : गढीमाइ मन्दिरमा चढाइने बलीका बिषयमा टिकाटिप्पणी भइरहेका छन् , के बली आवश्यक हो र दवीलाई ?
उतर : हो, गढीमाई भनेकी शक्ति हुन् । शक्ति स्वरुपा काली वा भगवती नै हुन् । काली वा भगवती भएपछि बलीको कुरा त आइ नै हाल्छ । त्यसैले बली यो मन्दिरसँग जोडिएको बिशेषता हो ।
प्रश्न : बली नदिइए अनिष्ट हुने हो र ?
उतर : बली चढाइने चलन भगवान चौधरीकै पालादेखि चलेको हो । हामी आफै पुजारीले नै मंसिर १७ र १८ गते पंच बली दिनु पर्दछ त्यो भनेको मुसा,पाठो,सुगुुर,बोको र राँगाको बली दिनु पर्दछ नदिए जे पनि हुन सक्छ ।
प्रश्न : पशुको हत्या गर्नु पनि पाप होइन र ?
उतर : पाप जस्तो देखिन सक्छ तर देवी देवताले नै मागेपछि पाप भन्ने कुरा आउदैन । गढीमाई माँ हुन वा देवी हुन् जहाँ पापको कुरा आउदैन बरु भक्तजनहरुको सवालमा हामीले बली चढाउनु पर्छ भनेका छैनौं त्यो उहाँहरुको इच्छाको कुरा हो । उहाँहरुले आफ्नो मनोकामना पूरा भएको ठानी बली दिन आउनुहुन्छ हामीले रोक्न नै सक्दैनौं ।
प्रश्न : कस्ता र कति पशुको बली होला त यस पटक ?
उतर : हरेक बर्ष जसरी नै यस बर्षपनि भक्तजनहरुले राँगा,बोका,पाठी,परेवा,सुगुर लगायतका पशुहरु बलीका लागि ल्याउनुहुन्छ । यसै भन्न सकिन्न तर हजारौं पशुको बली पक्कै हुन्छ यसभन्दा अगाडिको अनुभवका आधारमा ।
अर्को अन्तरबार्ता गढीमाई मेला ब्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहा
प्रश्न : गढीमाईमा मंसिरबाट नै भक्तजनहरुको चाप छ,कसरी ब्यवस्थापन गरिरहनु भएको छ ?उतर : हरेक पाँच बर्षमा एक पटक लाग्ने गढीमाई मन्दिरमा देश बिशदेबाट अहिले पनि भक्तजनहरु आउनेक्रम जारी छ। हामीले भक्तजनहरुको सुबिधा बिशेष ख्याल र ध्यान दिएका छौं । बाटो सफा बनाएका छौं । पाँच सय भन्दा बढी शौचालयको ब्यवस्था मिलाएका छौं । तीन घेरामा सुरक्षा ब्यवस्था मिलाएका छौं । खानेपानी सहित निःशुल्क खानाको समेत ब्यवस्था मिलाइएको छ । त्यसैले गढीमाई मेलामा आउने भक्तजनहरुले समस्या झेल्न नपर्ने गरी ब्यवस्था मिलाएका छौं ।
प्रश्न : बली प्रथाको बिषयमा अली बढी नै आालेचना यहाँहरुको भइरहेको छ,बलीको बिषयमा केही नयाँ सोच बनाउनु भएको छ र ?
उतर : छ,सम्मानीय सर्बोच्च अदालतले समेत हामीलाई बली निरुत्साहित गर्न आदेश दिएको अवस्थामा र देश तथा बिदेशका समेत पशु अधिकारवादीहरुले यस बिषयमा आवाज उठाएका कारण हामी ग्म्भीर भएका छौं र पशु बली निरुत्साहित गर्नका लागि नीति बनाएका छौं । कुनैपनि भक्तजनले राँगाको बली चढाउनु परेमा ८ हजार समितिमा रसिद काटेर पैसा बुझाएपछि बली बरावर हुने भनेका छौं । बोकाको सवालमा ५ हजार र परेवाको सवालमा ३ सय भनेका छौं । त्यसैले पनि यसले बली प्रथा निरुत्साहित गर्नका लागि टेवा पुग्छ भन्ने हामीलाई लागेको छ । यो यसपालीबाट हामीले लिएको नीति हो । बली पूरै रोक्न त हामी नसकौंला तर केही कमी पक्कै होला भन्ने बिश्वास छ ।
प्रश्न : कति भक्तजनहरुले मेला अवलोकन गर्ने अनुमान गर्नुभएको छ ।
उतर : हुनत हामीले रेकर्ड राख्ने गरेका छैनौं । तर,म २०५६ सालदेखि गढीमाई मन्दिर समितिमा बसेर काम गरिरहेको छु । मेरो यो २० बर्षको अनुभावका कारणमा भक्तजनहरु करोडको हाराहारीमा गढीमाईमा आउने अनुमान लगाउन सकिन्छ ।एक करोड भन्दा कम भक्तजन त हुने कुरै भएन बढ्ने निश्चित छ ।
प्रश्न : भक्तजनबाट आउने रकम के गर्ने गर्नु भएको छ ?
उतर : गढीमाईमा हेर्दा करोडौं रुपैया संकलन भएको देखिन्छ र हुन्छ पनि तर रकम जसरी संकलन हुन्छ उसैगरी खर्च पनि हुन्छ । मेलामा मनोरंजन लगायतका गतिबिधिहरु हुने गर्दछन् । प्रचारप्रसार हुने गर्दछ । यस्ता बिधिध पक्षमा रकम खर्चिने गरिएको छ ।