निजगढ,इलाका प्रहरी कार्यालय निजगढले यात्रुबहाक बसभित्र लुकाएर लैजादै गरेको अवस्थामा लागूऔषध गाँजासहित बुधवार ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ८ ज्यामिरे बस्ने वर्ष ३४ को राजकुमार भन्ने चन्द्रबहादुर मोक्तान, झापा जिल्ला मेची नगरपालिका वडा नम्बर ६ शान्तिटोल बस्ने वर्ष ४६ को शंकर दहाल, सोही पालिका वडा नम्बर ७ बस्ने विनोदकुमार पोखरेल र रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी वर्ष २४ को अर्जुन गौतम रहेका छन ।निजगढस्थित पूर्वपश्चिम लोकमार्गको उनासी पुल नजिक गस्तिमा रहेको प्रहरीले चेकजाँचको क्रममा १३ केजी ५ सय ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।हेटौडाबाट काँकडभिट्टतर्फ जादै गरेको मे १ ख २३२२ नम्बरको बसमा यात्रु बस्ने सिटमुनि लकाईछिपाई राखेको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।



















