काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह बिहीबार बिहानैदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका छन्। तर, आज मन्त्रिपरिषद्को बैठक बस्ने वा नबस्ने भन्नेबारे अझै टुङ्गो लागेको छैन।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार शाह कार्यालय समयमै सिंहदरबार पुगेका हुन्। प्रधानमन्त्री कार्यालयमा उपस्थित भए पनि मन्त्रिपरिषद् बैठकबारे कुनै सूचना जारी नभएको उनले बताए।
सामान्यतया मन्त्रिपरिषद्को बैठक साताको सोमबार र बिहीबार बस्ने गर्छ। तर, यस साता भने बैठक बस्न सकेको छैन।
यसैबीच, प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बुधबार लामिछानेको बूढानीलकण्ठस्थित निवासमा लामो छलफल भएको थियो। छलफलमा सरकारका कामकारबाही र पार्टीका गतिविधिबारे कुराकानी भएको बताइएको छ।
उक्त छलफलमा निजामती कर्मचारीसम्बन्धी अध्यादेश, प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा खगेन्द्र सुनारसँग सम्बन्धित विषयमा समेत चर्चा भएको जनाइएको छ।
यता, प्रहरी महानिरीक्षक कार्कीले बिहीबार प्रहरी प्रधान कार्यालयमा पोलिसी कोअर्डिनेसन कमिटी ९पीसीसी० को बैठकका लागि उच्च प्रहरी अधिकारीहरूलाई बोलाएका छन्। बैठकमा सहभागी हुन सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० लाई समेत काठमाडौं बोलाइएको छ।
















