वीरगन्ज,जिल्ला नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठ र अर्का एक कर्मचारी बुधबार कार्यालय समयमा नै मदिरा सेवन गरी होहल्ला गर्दै गरेको अवस्थामा भेटिएका छन् ।

कार्यालयमा सेवा लिन गएका सेवाग्राहीहरुले कार्यालयका प्रमुख श्रेष्ठ र सोही कार्यालयका अमिन उमेश साह मदिारले लठ्ठ भइ जथाभावी गरिरहेको अवस्थामा फेला पारेका हुन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बाट सेवा लिन गएका स्थानीय रामएकवाल साहले दुबैजना मदिराले लठ्एिको अवस्थामा भेटिएको र उनीहरु आपसमै झगडा गरिरहेको आफूले देखेको बताउनुभयो । उहाँले हाकिम नै मदिरामा लठ्ठिएपछि कर्मचारीले लाजले कार्यालयमा बस्न पनि समस्या भयो भनेर सुनाएको बताउनुभयो । यो बिषयमा काार्यलयका प्रमुख श्रेष्ठसंग कुरा गर्न खोज्दा उनले फोन उठाएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here