आर.के.चौधरी

सखुवाप्रर्सौनी,पर्साको पटेर्वा सुगौली गाउँपालिकाको सातौं गाउँसभा बिहीबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८÷०८९ को वार्षिक ४४ करोड ८५ लाख ९६ हजार ४१० रुपैया बराबरको आय÷व्याय बजेट पारित गरेको छ ।
गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएको सातौ गाउँसभामा उपाध्यक्ष ममता महतोले आर्थिक वर्ष ०७८÷०८९ बजेट प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष महतोले बिषयगततर्फ कृषिमा ४३ लाख ७० हजार, पशु विकासमा ३० लाख ५० हजार, इडिपिएमतर्फ १० लाख ७० हजार, रोजगार सृजनामा २१लाख २५ हजार, समाजिक बिकासमा ६६ लाख, उर्जा क्षेत्रको विकासको लागि ४२लाख, स्वास्थ्यमा १करोड १५ लाख ९८ हजार, शिक्षा क्षेत्रको विकासको लागि १ करोड ६९लाख ५९ हजार, न्यायिक समितिमा ११ लाख २४ हजार र पुर्वाधार विकासको लागि ८करोड ५० लाखको बजेट प्रस्तुत गर्नु भएको हो । बजेटमा चालू व्यायतर्फ २७ करोड ४५ लाख ८४ हजार ४१० र पुंजिगतमा १७ करोड ४० लाख १२ हजार रुपैया रहेको छ ।
पटेर्वासुगौली गाउँ कार्यपालिकाको कार्यालयमा सम्पन्न भएको सो सभामा वडा नम्बर १ का अध्यक्ष फरमान मिया, वडा नम्बर २ का बिजय गैरे, वडा ३ माधव राउत थारु, ४ अध्यक्ष राजेश्वर महतो थारु, वडा ५ का अध्यक्ष मोतीलाल साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादव र जनप्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
गाउँपालिका अध्यक्ष चौधरीले दिपप्रज्वलन गरेर उद्घाटन गरेको सो सभामा गाउँपालिकाका प्रशासकीय अधिकृत यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।



















