काठमाडौं, १२ कात्तिक। सिरहाको मार्डर क्षेत्रमा प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै जना लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद गरिएको छ।

बिहीबार बिहान गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि दुवै जना भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले एक राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ। बरामद लागुऔषध र मोटरसाइकलसम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

Leave a Reply