कृपा संवाददाता
हेटौंडा १५ मंसिर । प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आफ्ना मातहतका कार्यालय भवन निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षमा वजेट छुट्याएर आफ्ना कार्यालय भवन निर्माणमा प्राथमिकता दिएको हो । मन्त्रालयले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मकवानपुरको भवन निर्माण गर्न लागेको हो ।

 

यस भवनका लागि एक करोड रुपैयां वजेट छुट्याएर काम सुरु गर्न लागेको मन्त्रालयका एक कर्मचारीले वताए । त्यसैगरी खानेपानी तथा सरसफाई डिभिजन नम्बर ४ रामेछापको कार्यालय भवन, यातायात पूर्वाधार निर्देशनालयको कार्यालय भवन, यातायात पूर्वाधार कार्यालय रामेछाप, सिन्धुपाल्चोकको भवन निर्माण गर्न लागिएको हो ।

 

 

मकवानपुर जिल्लामा शहरी विकास तथा भवन कार्यालय मकवानपुर र काठमाण्डौंको कार्यालय भवन निर्माण गरिने भएको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौंडाले जनाएको छ । सवैजसो भवन निर्माण गर्नका लागि एक करोड रुपैयांका दरले रकम छुट्याइएको छ । पाटन ढोका ततनी मंका खल भवन, ललितपुर महानगरपालिकामा व्यावसायीक ट्रेनिङ सेन्टर निर्माण गरिने मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here