निजगढ,नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाको २६ औं वार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ । साधारण सभाको निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले उद्धाटन गर्नुभएको थियो ।मेयर पुरीसहित उपमेयर थिङ्ग, निजगढ वडा नम्बर ८ का वडा अध्यक्ष सुवर्ण लामा, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, स्थानीय समाजसेवी ज्ञानेन्द्र चौलागाई, विष्णु नेपाल, रविराज दङ्गाल, धनमाया लामा, रुद्र धिताललगायतले साधारण सभा सफलताको लागि शुभकामना दिएका थिए ।शाखा सभापति नारायण शर्माको अध्यक्षतामा भएको सो सभाले शाखाका सचिव मोहन डिसी र कोषाध्यक्ष हरिप्रसाद न्यौपानले पेस गरेको प्रगति र आर्थिक प्रतिवेदन पास गरेको छ ।त्यसैगरी साधारण सभाबाट शाखा सभापति नारायणप्रसाद शर्मासहित धनमाया लामा, गंगा शिवाकोटी, गोपालकाजी श्रेष्ठ, मोहनबहादुर दुरुङ्ग, अमृतराज उप्रेती, महमुद आलम र शरदचन्द्र सिग्देर्ल नेपाल रेडक्रस सोसाइटी बारा जिल्ला शाखाको बार्षिक साधारण सभाको प्रतिनिधिमा चयन हुनुभएको छ । रेडक्रस भवन निजगढ ९ मा भएको सो कार्यक्रमको संचालन बद्री चिमोरियाले गर्नुभएको थियो ।

Leave a Reply