२०४६ सालको आन्दोलनपछि सत्तामा पटक पटक पुगेको र पछिल्लो समय सरकारको नेतृत्व समेत गरेको नेकपा एमालेमा अहिले चरम अराजकता देखिएको छ । राजनीतिक हिसाबले यो अराजकता नै हो । पार्टी नेतृत्वको कुशल व्यवस्थापन हुन नसक्दा होस् वा बिद्रोही माधव समूहको उग्रताको कारण होस् एमाले पार्टीमा अहिले रमिता मात्रै छ । यो रमिता आउनुमा नेतृत्वमा हिसाबले केपी ओली नै सबैभन्दा बढी जिम्मेवार हुन् ।

अध्यक्ष ओलीको महत्वकाक्षी सोंच र कदमका कारण पनि माधवहरु भड्किएका हुन् । यद्यपि अहिले एमालेमा भएको गतिविधि अरुका लागि रमिता भएको छ । अझ यसले प्रतिपक्षमा रहेको कांग्रेसलाई खुदो भएको छ भने माओवादीलाई पनि फाइदा नै भएको छ । माओवादी र एमाले कुनै बेलामा एक ठाउँमा थिए । पार्टी नै एकता गरेका थिए । त्यो पनि बीचमा नै अल्पबिराम लागेको छ । ्

अब दुई एमालेका नेताहरु एक ठाउँमा गोलबन्द हुनुको बिकल्प छैन । यदि छैन भने उनीहरुले आआफ्नो शुर गरे पनि हुन्छ । तर एकताको नाउमा रमिता नगरिदिए हुन्थ्यो । सबैलाई लागेको यस्तै हो । दुबै समूहका हर्कत आफैमा चित्तबुझ्दो छैनन् । एमालेलाई एक बनाउन सके सबैलाई फाइदा हुनेछ नत्र एमालेका लागि तनाब अरुका लागि रमितामात्र साबित हुनेछ ।

Leave a Reply