जियालाल चौधरी

कोल्हबी,बाराको बारागढी गाउँपालिका वडा नम्बर ६ गडहलमा नेकपा एमाले र जनता समाजवादी पार्टीले सोमवार संयुक्त रुपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना भएको छ ।

आगामी मंसिर ४ गतेको निर्वाचनमा चुनावी तालमेल गरेका दुबै पार्टीले दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेका हुन ।

नेकपा एमालेका नेता स्वर्गीय सोहन स्मृति भवनमा भएको सो कार्यक्रममा नेकपा एमालेबाट बारा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अच्युत मैनाली, एमाले पोलिटव्युरो सदस्य तथा मधेस प्रदेश सहइन्चार्ज पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा मधेश प्रदेश सभाका पूर्वसभामुख एंव जसपाबाट बारा क्षेत्र नम्बर १ ख का उम्मेदवार सरोजकुमार यादव, एमाले मधेस प्रदेश कमिटी सदस्य केवलप्रसाद चौधरी, एमाले जिल्ला कमिटी सदस्य शंकर चौधरी, बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जैसवाल, उपाध्यक्ष लक्ष्मीदेवी रायले आगामी निर्वाचनमा तालमेलका उम्मेदवारहरुलाई जिताउनु पर्ने बारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभामा एमालेका उम्मेदवार अच्युत मैनालीले आफू निर्वाचित भएपछि बारा जिल्लाको समग्र विकासमा इमान्दारिताका साथ काम गर्ने बताउनुभयो । सोही कार्यक्रममा पोलिटब्युरो सदस्य तथा मधेस प्रदेश सहइन्चार्ज पौडेलले आगामी निर्वाचनमा सबै कार्यकर्ता एकजुट भएर एमाले र जसपाका उम्मेदवारहरुलाई विजयी तुल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले र जसपाका करिव २५० जना कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

बारागढी गाउँपालिकाका कमिटी अध्यक्ष बृजकिशोर चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा जसपा जिल्ला कमिटी सदस्य एंव बारागढी गाउँपालिकाका सचिव हरिनारायण साहले स्वागत मन्तव्य व्यक्त गुर्नभएको थियो भने कार्यक्रमको संचालन नागेश्वर चौधरीले गर्नुभएको थियो ।

Leave a Reply