वर्तमान सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब, २४ अर्बको बजेट ल्याएको छ ।यो सरकार विशेष परिस्थितिमा निर्माण भएको मात्र होइन, जेनजी आन्दोलनपछि बनेको सरकारले गरेको निर्वाचनपछि लगभग दुई तिहाइ मत ल्याएर वर्तमान सरकार गठन भएको हो ।गत चैत १३ गते बनेको सरकारले लगभग दुई महिनापछि बजेट ल्याउने कार्यभार पाएको छैन । युवाहरुको सरकार भएकाले र दुई तिहाइको सरकार पनि भएकाले र अर्थतन्त्र राम्रोसँग बुझेका मन्त्री डा. स्वर्णिम वाग्ले भएकाले पनि यसपाली सरकारले ल्याएको बजेटलाई महत्वका साथ हेरिएको छ ।

हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको दिनमा सरकारले बजेट सार्वजनिक गर्ने चलन रहदै आएको छ । यही सन्दर्भमा सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याएको छ ।
यसअघिका सरकारले पनि संबिधान जारी भएपछि भने जेठ १५ गते कै दिनमा बजेट ल्याउने गर्दथे तर २०७२ साल अगाडि भने नेपालमा समयमा बजेट आउने गर्दैैनथ्यो जसका कारण निकै समस्याहरु हुने गर्दथ्यो तर ०७२ सालपछि भने यो समस्या हटेको छ । बजेट समयमा नआउँदा देशले आर्थिक रुपमा निकै क्षति ब्यहोर्न परेको थियो तर अब यो समस्या भने छैन ।
विगत केही वर्षदेखि समयमा बजेट आएपनि कार्यान्वयनको सवालमा भने सरकारहरुले खासै उपलब्धी हसिल गर्न सकेका छैनन् । यसपालि सरकारले ल्याएको बजेटले भने प्रभावकारी कार्यान्वयन गर्ला भन्ने आश गर्न सकिन्छ ।
सरकारले यथार्थ धरातलमा रहेर बजेट ल्याएको बताएको पनि छ । यो सरकारले हुनै नसक्ने कुरा बजेटमा गरेको पनि छैन । केही योजना भने महत्वकांक्षी पनि छन्, बाराको निजगढ विमानस्थलदेखि वीरगञ्जको नारायणी अस्पताललगायतका कुराहरु बजेटमा समावेश छन् । अब हेरौं, त्यसको कसरी कार्यान्वयन हुन्छ ।














