राजन कुमार बानिया
पोखरिया,पर्साको जगरनाथपुर गाउँपालिकामा आइतवारदेखि पालिकाका जेष्ठ नागरिक, एकल महिला र अपांगहरुलाई पेन्सन वितरणको थालनी भएको छ ।
गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले वडामा पुगेर पेन्सन वितरण गर्नुभएको हो । अध्यक्ष यादवले आउदै गरेको दशैं, तिहार र छठ पर्वमा वृद्धहरुलाई पेन्सनलगायत एकल महिला र अपांगहरुलाई बैंकमा लाईन लागेर बस्नुपर्दा समस्या नहोस भन्दै घर दैलोमा आएर रकम वितरण गरिएको बताउनुभयो ।
जगरनाथपुर गाउँपालिका वडा नम्बर १ देखिबृद्ध पेन्सनवितरण शुरु गरिएको हो ।तीन महिनाको १२ हजारको दरले रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत कृष्णन्नदन रायले बताउनुभयो । गाउँपालिका अध्यक्ष यादवसंगै पेन्सन रकम बोकेर बैंक कर्मचारीहरु पनि वडाहरुमा पुगेका थिए ।



















