वीरगञ्ज,पर्सामा अग्नि पीडि़त एक परिवारलाई जनसेवा नामक सामाजिक सस्थांले बुधवार सहयोग गरेको छ ।सस्थांले पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ३ महेन्द्रपुर बस्ने छोटेलाल पासवानको परिवारलाई आर्थिकसहित लत्ताकपडा सहयोग गरेको हो । सस्थांले पिडीत परिवारलाई न्यानो कपडासहित कूल १३ थान लत्ताकपडा सहयोग गरेको सस्थांका सँयोजक बृजेश्वरप्रसाद चौधरीले जानकारी दिनुभयो ।गएको माघ ६ गते बिजुलीको सर्किट सर्ट भई पासवानको घरमा आगो लाग्दा घर, लत्ताकपडा, भाड़ाबर्तन, खाद्यान्न सामग्री समेत जलेर नष्ट भएको थियो ।सहयोग हस्तान्तरण कार्यक्रममा सँस्थाकी सदस्य सुभावती देवी, सामाजसेवी रामजन्म चौधरीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply