वीरगन्ज,जाडोयामलाई मध्य नजर गर्दै उपकार सेवा नेपाल नामक संस्थाले वीरगन्जमा छात्रछात्राहरुलाई न्यानो स्विटर वितरण गरेको छ ।
जाडोमा छात्रछात्राहरुलाई चोसोका कारण कुनै किसिमको समस्या नहोस भन्ने उद्देश्यका साथ चिसो र शितलहरबाट बच्नका लागि स्विटर वितरण गरिएको हो ।वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ मा रहेकोको श्रीमति मनमिश्रा आधारभुत विद्यालयका चार सय ६५ जना छात्रछात्राहरुलाई न्यानो स्विटर वितरण गरिएकोे संस्थाका केन्द्रीय सदस्य सज्जन अग्रवालले बताउनुभयो ।स्विटर वितरण गर्दै केन्द्रीय सदस्य अग्रवालले छात्रछात्राहरुलाई न्यानो स्विटर वितरण गर्न पाउँदा आफुलाई धेरै खुसी लागेको बताउँदै अगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुलाई मध्य नजर गर्दै व्हील चियर वितरण गर्ने कार्यक्रम रहेको र यस्ता समाजिक कार्यहरु गर्न संस्था संधै तत्पर रहने बताउनुभयो ।उपकार सेवा नेपाल संस्थाका केन्द्रीय अध्यक्ष विद्यादेबी सरावगीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाकी सदस्य श्रीमति सुमन बगरिया, विद्यालयका प्रधानाध्यापक राजाराम साह, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक शिक्षिका, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।संस्थाले विगतदेखि नै समाजसेवाका विभिन्न कार्यहरु गर्दै आएको छ । यसअघि संस्थाले गरिब समुदायहरुलाई कम्बल वितरण गरेको केन्द्रीय सदस्य अग्रवालले जानकारी दिनुभयो ।


















