सिमरा,बाराको कोल्हबी नगरपालिकाले नगर खेलकुद विकास समिति गठन प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले शिवकुमार चौधरीको अध्यक्षतामा समिति गठन गर्न लागेको हो ।समितिको अध्यक्षको टुंगो लागेपनि अन्य सदस्य भने चयन हुन बाँकी छ । समितिले पूर्णता पाएसंगै नगर क्षेत्रभित्र खेलकुद गतिविधिलाई अघि बढाउने बताइएको छ ।
नगरपालिकाले नगर क्षेत्रभित्र हुने खेलकुद गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन खेलकुद विकास समिति गठन गर्न लागेको हो । समितिले नगर क्षेत्रभित्र खेलकुद गतिविधि आयोजना गर्ने, खेलप्रतिभा बोकेका खेलाडीलाई उजागर गर्ने, खेलकुदको गतिविधिलाई तिव्रता दिनेलगायतका काम गर्नेछ ।जिल्लाका अन्य स्थानीय तहले पनि खेलकुद विकास समिति गठन गर्ने तयारी गरिरहेका छन् ।

Leave a Reply