मान्छेको सबैभन्दा ठूलो धर्म भनेकै मानवता हो । यही मानवताको नजरले एक अर्कालाई हेरियो भने समाजमा धार्मिक वा अन्य प्रकारको हिंसा उत्पन्न हुने अवस्था कहिल्यै आउन पाउदैन । तर यति कुरा बुझ्दाबुझ्दै पनि समाजमा धर्म, जात, वर्ण, धनी, गरिव र राजनीतिको नाउमा बेलाबेलामा हिंसा भड्किने नै गरेको छ ।वीरगञ्ज क्षेत्र भनेको बहुजातीय र बहुभाषीहरुको बसोवास रहेको स्थान हो । यस कारणले पनि नेपालका वीरगञ्ज अन्य शहरभन्दा फरक विशेषताको छ । जनसंख्याको हिसावले कोही धेरै÷थोरै भएपनि समुदायको हिसावले यहाँ बसोबास गर्ने सबै बराबर हुन ।वीरगञ्जमा केही दिनदेखि धार्मिक हिंसा भड्काउने प्रयास गरिएको आभाष भएको छ । केही मानिसहरुले मिलेर बसेको वीरगञ्जको समाजमा अशान्तिको वातावरण सृजना गरेर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेकाछन । अथवा यो भनौ कि उनीहरु धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेकाछन । गणेश पूजाको मूर्ति पूजा क्रममा केही दिनअघि सर्लाहीमा दुई समुदायबीच भएको झडपको घटनापछि शनिवार वीरगञ्जमा पनि त्यस्तै प्रकृतिका प्रदर्शन र झडपका घटना हुन पुगेका थिए ।यो घटनापछि समुदायबीच हिंसा भडकाएर वीरगञ्जमा पनि अशान्ति मच्याउने प्रयास भइरहेको आकलन गरिएको हो । तर वीरगञ्जका नागरिकहरुमा अहिले चेतनाको स्तर धेरै अगाडि बढिसकेको छ ।स्थानीय प्रशासन, पालिका र नागरिक समाजका अगुवाहरु पनि अहिले शहरमा आपसी सदभाव र एकता बनाइराख्न प्रयत्नशील बनेका छन । यसै क्रममा महानगरपालिकाको अगुवाइमा आज वीरगञ्जमा सद्भाव र्याली निकालिदैछ भने जिल्ला प्रशासन कार्यालयमा हिजो भएको सर्वपक्षीय बैठकपछि सदभाव कायम राख्न सर्वसाधारणसंग अपील गर्ने निर्णय गरिएको छ ।