रौतहट,निजगढका एकजना युवकको धक्काबाट रौतहटको चन्द्रपुर नगरपालिका ४ मा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका ४ का ३० वर्षीय विष्णु सुवेदी रहेका छन् ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार मदिरा सेवन गरेका बाराको निजगढ नगरपालिका ६ घर भई हाल चन्द्रनिगाहपुरमा डेरा गरी बस्ने ३८ वर्षीय विमल मोक्तानले हिँडिरहेका सुवेदीलाई सडकमा धक्का दिएका थिए ।

घटनाको समयमा आरोपित मोक्तान र उनकी श्रीमतीबीच सडकमै झगडा भइरहेको र सोही क्रममा त्यहाँबाट हिँडिरहेका सुवेदीलाई मोक्तानले एक्कासी धकेलेपछि उनी सडकमै लडेर गम्भीर घाइते भएका थिए ।स्थानीयवासीका अनुसार गम्भीर घाइते भएका मोक्तानलाई तत्कालै चन्द्रनिगाहपुरस्थित रिसरेखा अस्पताल पु¥याइएको थियो । अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकले थप उपचारका लागि बाहिर रेफर गर्न सुझाव दिए पनि कमजोर आर्थिक अवस्थाका कारण परिवारले उनलाई घरमै फिर्ता लगेको थियो । घर फर्काइएका सुवेदीको राति करिब १२ बजे मृत्यु भएको हो ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ

Leave a Reply