सिमरा,लामो समयदेखि विवादास्पद रहेको बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा शनिवार सम्पन्न भएको छ ।

कार्यपािलका सदस्यहरुबीच सहमति भएपछि उपमहानगरपालिकाको छैठौँ नगर सभा सम्पन्न भएको हो । असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याइसक्नु पर्ने भएता पनि बहुमत कार्यपालिका सदस्यको विरोधले दुई पटकसम्म असफल बनेको नगर सभा सम्पन्न भएको हो ।

सभामा नगर प्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम र उपप्रमुख भोलाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९÷०८० का लागि प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो ।

आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि जीतपुरसिमरा उपमहानगरपालिले दुई अर्ब २० करोड ६४ लाख ९५ हजारको बजेट प्रस्तुत गरेको छ । नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख अधिकारीले आगामी आर्थिक वर्षका लागि दुई अर्ब २० करोड ६४ लाख ९५ हजार बजेट प्रस्तुत गरिएको बताउनुभयो । आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वातावरण भु–संरक्षण तथा बिपद व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा सुशासनलाई बिशेष प्राथमिकतामा राखेको नगर प्रम्ुख पौडेलले जानकारी दिनुभयो ।

यसअघि असार १० र १३ गतेका लागि बोलाइएको सभा कार्यपालिका सदस्यहरुबीच सहमति हुन नसकेका कारण स्थगित भएको थियो । जीतपुरसिमराको कार्यपालिकामा उपप्रमुख सहित नेकपा एमालेको बहुमत छ भने नगर प्रमुखमा नेकपा माओवादी केन्द्रबाट राजन पौडेल विजयी हुनुभएको हो ।

सिमरास्थित होटल क्लासिक प्लाजामा निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरी सभा सुरु भएको थियो । नगरसभामा सञ्चारकर्मीहरुको प्रवेशमा रोक लगाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here